
महोत्तरी - महोत्तरी जिल्लाको मध्य पूर्वी पृतना हे.क्वा. बर्दिबासका पृतनापति उपरथी श्री प्रेमध्वज अधिकारीले आज एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडललाई रुद्राक्षका माला हस्तान्तरण गरेका छन ।
नेपाली सेना द्वारा बनाइएका ५ सय ५५ रुद्राक्षका माला लक्ष्मीनारायण मठ(मन्दिर) मा प्रयोग गर्ने गरी प्रदान गरिएको कुरा रणभिम गण प्रकौलीका गणपति उत्तम कटुवालले बताउनु भयो ।
कार्यक्रममा नेपाली सेनाका नौ (९) नंबर बाहिनी सिन्धुलीका बाहिनीपति शक्तिजंग बस्नेत लगायत सिन्धुली, दोलखा ,रामेछाप लगायतका नेपाली सेनाका गणपतिहरू , मटिहानी नगरपालिका वड़ा नं. ६,७ र ८ का वड़ा अध्यक्षहरू , रा.स.मा.बि. मटिहानीका प्र.अ. ईश्वरी पौडेल लगायतका सहभागिता रहेको थियो ।
पृतनापति अधिकारीले आजै मटिहानीको प्रसिद्व ऐतिहासिक एवं पौराणिक लक्ष्मीनारायण मन्दिर (मठ) मा पूजा अर्चना गर्नुको साथै लक्ष्मीसागर (पोखरी) मा श्री लक्ष्मीनारायण भगवानको धार्मिक विधि पूर्वक आरती समेत गर्नु भयो ।
पृतनापति अधिकारी मटिहानी आईपुग्नु हुँदा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले स्वागत एवं सम्मान गर्नु भयो ।


