
महोत्तरी - हातीपाईले रोग बिरुद्धको औषधी फाल्गुन ११ गते देखि २५ गरेसम्म हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । रामगोपालपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठिमा सोको जानकारी गराइएको हो ।

हातीपाईले बिरुद्धको औषधी खाऔ यो बर्ष लाई अब अन्तिम बनाऔ भन्ने मुल नाराका साथ हातीपाईले रोगको आम औषधी सेबन अभियान हुन लागेको हो । रामगोपालपुर नगरपालिका स्वास्थ्य शाखाका संयोजक अच्छेलाल दासले सबै नागरिकले हातीपाईले रोग बिरुद्धको औषधी खान जरुरी रहेको बताउनु भयो ।
सो गोष्ठिमा रामगोपालपुर नगरपालिका नगर प्रमुख रामदुलार साह सहित रामगोपालपुर नगरपालिकाका जनप्रतिनिधि, शिक्षक,स्वास्थकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि लगाएत सरोकारवाला निकाईका प्रतिनिधिहरु सहभागिता रहेको थियो ।