
महोत्तरी - मटिहानी नगरपालिकाको नगर प्रमुख हरि प्रसाद मण्डलले जनतालाई प्रभावकारी स्वास्थ्य सेवा पुर्याउने कुरा बताउनु भएको छ। मटिहानी नगरपालिकाको वडा न. ७ स्थित आर्युर्वेद औषधालय भवनको जिर्णोद्धार गरि निर्माण गरिएकाे आर्युर्वेद औषधालय भवनको उद्धाटन गर्नु हुँदै उहाँले भवन निर्माणसङ्गै आर्युर्वेद सेवा पुर्याउन सहयोग पुग्ने भन्नु भयो।
मटिहानी नगरपालिकाको वडा न. ७ का वडा अध्यक्ष जितनारायण माझीको सभापतित्वमा कार्यक्रममा वडा अध्यक्षहरु अब्दुल गफार राईन, कलिम अन्सारी, रितेश साह, कार्यपालिका सदस्य अरुण नाहर, गा.वि.स. पुर्व अध्यक्ष राम कुमार मण्डल, लोसपा नेपालका नगर अध्यक्ष श्याम कुमार मण्डल, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको जिल्ला अध्यक्ष नरेश महतो लगायतका सहभागी रहेका थिए।
६ कोठे सो आयुर्वेद भवन करिव ३० लाखको लागतमा निर्माण भएको कुरा इन्जिनियर विमलेश साहले बताउनु भयो। २०५१ सालमा निर्माण भएको सो आयुर्वेद भवन जिर्ण भई कामकाजमा कठिनाइ उत्पन्न हुने गरेको थियो


