
बर्दिबास- महोत्तरीको बर्दिवास स्थित बर्दिवास साना शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाको आगामी फागुण १४ गत्ते हुन गईरहेको निर्वाचनकालागी अध्क्षय पदका चार उमेदवार प्यानल सहित प्रतिस्पर्धामा छन ।
प्रतिस्पर्धामा भुलन बहादुर सेन ठकुरी , चुडमणी पोखरेल, निरज अधिकारी र देबनारायण महतो प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन्।

त्यसैगरी भोजराज भट्टराई प्यानल बिनानै अध्क्षय पदमामात्रै चुनाबी प्रतिस्पर्धामा छन । चार उम्मेदवार मध्य भुलन बहादुर सेन डमरु छाप प्यानलको जिते निश्चित रहेको एक सर्बेक्षणमा खुलेको छ ।
खानेपानी संस्था भित्रका आर्थिक अपचलन गर्ने कर्मचारी तथा पुर्व संचालक समितीका पदाधिकारी र सदस्यलाई अपचलन गरेको रकम तिराउने बर्दिवास क्षेत्रमा खानेपानीलाई ब्यवस्थितगर्न नयाँ आयोजना ल्याईने डिप बोडिङ्ग गाडेर पानी खुवाउने हाल बर्षामा धाराबाट आईरहेको धमिलो पानीलई फिल्टरको माध्यमबाट शुद्धिकरण गर्ने ,सरसफाइमा बिशेश ध्यान दिईने घुम्ती शौचालयको ब्यवस्था मिलाईने बर्दिवास चोकमा भएको एकमात्र शौचालय सडकभित्र परेकाले जुनसुकै समयमापनी भत्किन सक्ने हुनाले शौचालयकोलागी शौचगर्ने नयाँ स्थानको खोजीगरीने संस्थामा उठेका पानीको महसुललाई बैकिङ्ग प्रणाली अपनाउने खानेपानीको दिर्घकालिन ब्यवस्थापनकालागी पानीको नयाँ मुहान खोज्ने लगायतका बिषय समेटिएपछी ठकुरी प्यानललाई मत दिनु पर्ने मतदाताहरुको भनाई रहेको छ ।
कुनै प्रभाब र प्रलोभनमा नफसी आम उपभोक्ताको हितकोलागी मात्र काम गर्ने जनाएका छन्।

सो प्यानल बिजयी भए बर्षा याममा समेत फिल्टराईजेसन सहितको शुद्ध खानेपानीको ब्यवस्थागर्ने, नयाँ खानेपानी मुहानको खोजी गरी खानेपानीको समस्यालाई दिर्घकालिन रुपमै समाधान गरीने धारामा सेन्सर जडान गरीने रातु नदीको सिपेज पानीलाई बर्दिवासवासीको घर,घरमा पुर्याईने अध्यक्ष पदका उम्मेदवार ठकुरीले बताए