दिवेश कुमार महतो
जनकपुरधाम- आफ्नो बुवा सहित भारतीय चर्चित गायिका मैथिली ठाकुर शनिबार आफ्नो साङ्गीतिक प्रस्तुति दिन जनकपुरधाम आईपुगेकी छिन्।
नवमिथिला फाउण्डेशनको आयोजन र फ्याक्ट्स नेपालको प्रमुख प्रायोजनमा जनकपुरधामको जानकी मन्दिर मा सञ्चालनमा रहेको चौथो संस्करणको जनकपुर साहित्य महोत्सवको तेस्रो दिन अर्थात महोत्सवको अन्तिम दिन भारतीय चर्चित गायिका मैथिली ठाकुर शुक्रबार साँझ जनकपुरधाम आई पुगेकी हुन्। उनी संगै उनको बुबा पनि आएका छन् ।
महोत्सवको अन्तिम दिन आफ्नो साङ्गीतिक प्रस्तुति दिन धेरै उत्सुक रहेको कुरा ठाकुरले बताइन। उनले भनिन् ,'जनकपुरधाम पहिलो पटक आएकोमा आफुलाई धेरै भाग्यमानी ठानेकी छु र नेपाल आएको तर जनकपुरधाम कहिल्यै पनि नआएकोले सीता मैयाको आँगनमा आएर साङगितिक प्रस्तुति देखाउने मौका जुरेको मा धेरै खुसी छु।'
२०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा भाषा, साहित्य, संस्कृति, समाज र राजनीति सम्बन्धी विभिन्न २० वटा सेसनको आयोजना मध्ये दुइ दिन अर्थात् पहिलो दिन र दोस्रो दिनको सम्पुर्ण सेसन समाप्त भएको र तेस्रो दिनको सम्पुर्ण सेसन बाँकी नै रहेको छ। तेस्रो दिनको सेसन अनुसार बिहानै ८:३० देखि ९:३० सम्म युवा : संस्कार र परिस्कार,९:३० देखि १०:३० सम्म मैथिली साहित्य र रङ्गमञ्चक यात्रा, बिहानै १०:३० देखि ११:३० सम्म दुर्व्यसन दुग्ध पिढी, त्यसैगरी दिउँसो २ बजे देखि ३ बजे सम्म किन आवश्यक छन् उत्सव ,३ बजे देखि ३:४५ सम्म समाजको अर्थ - समाजको यात्रा, दिउँसो ३:४५ देखि ५ बजे सम्म हामीले गुमाएको खेलकुद, ५ बजे देखि ६:१५ सम्म सम्झनामा प्रदीप दाई, साँझ ६ :१५ देखि ६:४५ बजे सम्म LGBTI समुह प्रस्तुति र महोत्सवको अन्तिम सेसन साँझ ६:४५ देखि भारतीय चर्चित गायिका मैथिली ठाकुरको साङगितिक प्रस्तुति रहने कुरा आयोजकले जनाएको छ।
जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक लगायतको सहभागिता रहँदै आएको छ। महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता समेत रहेको छ।
चौथो संस्करणको साहित्य महोत्सवको उद्घाटन फागुन ११ गते जानकी मन्दिर परिसरमा कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादव द्वारा समुदघाटन भएको थियो।