धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक पुरुषको शब फेला परेको छ।
इलाका प्रहरी कार्यालय ढल्केवरको अनुसार गणेशमान चारनाथ नगरपालिका–८ लबटोली गोठटोलमा एक पुरुष मृतावस्थामा फेला परेका हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले आइतबार उक्त पुरुषको शव कृषि फर्मको पर्खालदेखि करिब पाँच फिट पश्चिम तर्फ रहेको धानखेतको कुलोमा बगिरहेको अवस्थामा फेला परेको बताए । उनले शव देखेर स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरीले तत्काल घटना स्थल पुगेर प्रकृति मुचुल्का उठाइ पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ।
“हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन,” प्रहरी निरीक्षक यादवले बताए, “यदि कसैले मृतकलाई चिनेका वा पहिचान गर्न सक्ने भए तत्काल इलाका प्रहरी कार्यालय ढल्केवरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।”




