बर्दिबास- महोत्तरीको बर्दिवासमा चौथो पटक महोत्सव लाग्ने भएको छ ।
आगामी चैत ३ गतेदेखि चौथो बर्दिबास महोत्सव सुरु हुन लागेको बर्दिबास उद्योग वाणिज्य संघले जनाएको छ ।
बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुवहादुर खड्काले भने, ‘उद्योग व्यापार र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गर्दै प्रबर्द्धन गरौं’ भन्ने भावका साथ चौथो पटक महोत्सव आयोजना गर्न लागिएको हाे।'
उनका अनुसार चैत ३ गतेबाट सुरु हुने महोत्सव चैत १३ गतेसम्म चल्ने छ ।
महाेत्सवकाे उद्देश्य यश प्रकार छन्:
१। नगर भित्रको धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको ऐतिहासिक महत्व बारे महोत्सवको माध्यमवाट प्रचार प्रसार गरी नगर क्षेत्रको ऐतिहासिक पर्यटन प्रवर्धन गर्ने ।
२। नगरभित्रका साना उधमिहरुको उत्पादन र उधमशीलताको प्रचारप्रसार गरि व्यापार प्रवर्द्धन र लगानी गर्न प्रोत्साहित गर्ने ।३. नगरको कृषि तथा पशु क्षेत्रका स्थरीय उत्पादनाहरुको बजार व्यवस्थापन गरि उपभोक्ताहरुमा प्रचारप्रसार गर्ने ।
४. आन्तरिक उत्पादनहरु लाई प्रोत्साहन गर्ने ।
५. बर्दिवासमा लगानीमैत्री वातावरणको सिर्जना गर्ने ।
महोत्सवको लक्ष्य :
११ दिनसम्म चल्ने बर्दिवास महोत्सव २०७९, महोत्तरीको मुख्य लक्ष्य कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरी सम्बद्ध र समुन्नत बर्दिबास निमार्ण गर्ने ।




