बर्दिवास- स्व. युवराज श्रेष्ठ स्मृति बर्दिबासको खेलकुदको उपाधी स्वर्णिम पाठसाला र फ्लोरेन्स एकेडेमीले हात पारेका छन ।
एन प्यावसन नगरले आयोजना गरेको उक्त खेलकुद प्रतियोगितामा १० वटा टिमसगँ प्रतिस्पर्धा गर्दै स्वर्णिम पाठसाला र फ्लोरेन्स एकेडेमीले उपाधी जितेको हो ।
सर्पको डसाइवाट एक बर्ष अगाडी मृत्यु भएका माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको सम्झनामा आयोजना गरेको उक्त कार्यक्रमा फुटवल, एथलेटिक्स लगायतका खेलहरु आयोजना गरिएको थियो ।
एथलेटिक्समा फोलोरेन्स एकेडेमी र फुटवलमा स्वर्णिम पाठसालाले जितेको हो । निकटतम प्रतिस्पर्धी नोवेल एकेडेमीलाइ पछाडी पार्दै फ्लोरेन्स एकेडेमीले उपाधी हात पारेको एनप्यावसन बर्दिबासका अध्यक्ष नोगेन्द्र क्यापछाकीले जानकारी दिए ।
आयोजक पक्षले खेलकुदमा सहभागी विद्यालयहरुलाइ मुल्यांकनको समेत ब्यवस्था गरेको थियो । नम्बरिङ्गका आधारमा भने फ्लोरेन्स एकेडेमी सम्पुर्ण खेलको नै अव्वल वनेको छ ।
यसैको आधारमा फ्लोरेन्स एकेडेमीले हरेक बर्ष युवराज श्रेष्ठ स्मृति दिवसको अवसरमा खेलाइने रनिङ्ग शिल्ड समेत हात पारेको छ ।
नम्बरिङ्गका आधारमा पहिलो, दोश्रो र तेश्रो क्रमशः फ्लोरेन्स एकेडेमी, नोवेल एकेडेमी र सप्त कविन्द्र इङलिस बोर्डिङ्ग स्कुल वनेका छन ।
बर्दिबास रंगसालामा शुक्रबार देखि आयोजित दुई दिवसिय कार्यक्रम हरेक बर्ष स्वर्गीय श्रेष्ठको तिथि बनाएर खेलाइने आयोजक पक्षले जनाएको छ ।
उक्त खेलको उदघाटन नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री र कार्यक्रमको संचालक फ्लोरेन्स एकेडेमीका प्रधानध्यापक सन्तोष वानियाले गरेका थिए ।
पुरुस्कारको वितरण भने स्वर्गीय युवराज श्रेष्ठकि धर्मपत्नी सविना श्रेष्ठले गरेको उक्त खेलका संयोजक समेत रहेका प्रधानध्यापक वानियाले वताए ।
दुवै खेलमा सप्त कविन्द्र सिक्षा निकेतन, बर्दिबास स्वर्णिम पाठशाला, फ्लोरेन्स एकेडेमी, पारिजात इङलिस बोर्डिङ्ग स्कुल, नोवेल पव्लिक एकेडेमी, माउन्ट एभरेस्ट बुद्ध सीता बोर्डिङ्ग स्कुल, प्रज्वल बाबा बोर्डिङ्ग स्कुल, न्यु कृयसन एकेडेमी, माइस्थान पब्लिक एकेडेमी, ज्ञान ज्योति इङलिस बोर्डिङ्ग स्कुल गरि १० वटा विद्यालय प्रतियोगितामा सहभागी भएका थिए ।




