जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्ला समितिलाई विघटन गरिएको छ।
जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा आज सम्पन्न जिल्ला समितिको बिस्तारित बैठकले एक साता भित्र नयाँ कार्यसमिति गठन गर्ने गरि जिल्ला समिती विघटन गरिएको हो ।
नया कार्यसमिति गठनलाई सहजीकरण गर्न केन्द्रिय सदस्य एवं संघीय साँसद दिपक कार्कीको नेतृत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।
सो कार्यदलमा केन्द्रिय समितिबाट लालकिशोर साह, अरुणसिंह मण्डल, सीता यादव र चन्देश्वर सदा, संघीय परिषद सदस्यबाट लालजी शरण यादव, मधेश प्रदेश समितिबाट प्रदेश अध्यक्ष रामबाबु यादव, मुख्यसचिव दिनेश यादव , प्रदेश सदस्य ज्ञानेन्द्र यादव तथा धनुषा जिल्ला समन्वय समितिबाट जिल्ला अध्यक्ष पशुपति यादव र सदस्य सत्रुधन यादव कार्यदलमा रहेकोे छ।