जनकपुरधाम- नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले मिथिलाको होली विशिष्ट रहेको बताएकी छिन्।

जनकपुरधाममा सोमबार नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी धनुक्षा क्षेत्र नं. ३ ले आयोजना गरेको होली शुभकामना आदान प्रदान कार्यक्रममा झाक्रीले सम्बोधन गर्दै भनिन्, “जनकपुरधामको मठमन्दिरका भगवान सहितको डोला १५ दिन सम्म परिक्रमा गर्दै होली मनाउने परम्परा लोभलाग्दो छ, हिंशामय होली फेरिएर निर्धाक्क भएर स्नेह साटासाट गर्ने पर्वमा परिणत भएको छ । पहिले होलीको दिन महिला सडकमा निस्किने अवस्था हुदैन थियो । समाजिक अवस्था परिवर्तन हुदै होलीमा महिला निर्धक्क भएर मनाउन थालेका छन् ।”

उनले मिथिलामा मनाउने होलीले हर्षित भएको बताउँदै उनले भनिन्, “मिथिला मध्यमिकि परिक्रमाका साधुसन्तहरुसंग समेत होली खेले । जनकपुरधाममा साधुसन्त, विभिन्न राजनीति दलका नेता र संघसंस्थाहरुसंग होली खेल्न पाउदा खुसी लागेको छ।”
पूर्व मन्त्री झाक्रीले स्वार्थकालागि गठबन्धन गर्ने र तोडने परम्पराले राजनीति दलका नेताप्रति नकारात्मक सन्देश गएको बताउँदै उनले नयाँ गठबन्धनको प्रदेश सरकार पुर्नगठन सहज नरहेको बताइन् ।

उनले राष्ट्रपति निर्वाचन पछि अनुमान गरेको भन्दा फरक रुपमा राजनीति कोर्ष अगाडी बढ्न सक्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी धनुषा क्षेत्र नं. ३ का नेता दिपेन्द्र यादव दिपुको अगुवाईमा भएको कार्यक्रममा होली सम्बन्धी झाँकी, गित र नृत्यमा नेताहरु रमाएका थिए ।



