वीरगंज- नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख ४० वर्षीय अमोद प्रसाद यादवको आज अचानक हृदयघात भई मृत्यु भएको छ ।
विद्युत् प्राधिकरणको कर्मचारी आवास भित्र रहेको ब्याडमिन्टन मैदानमा खेलिरहेको अवस्थामा अचानक बेहोस भई ढलेपछि यादवलाई तत्काल नजिकै रहेको तराई अस्पताल लगिएको र तराई अस्पतालमा प्राथमिक उपचार पछि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा रेफर गरेकोमा अस्पतालमा पुर्याउन साथ चिकित्सकले यादवलाई मृत घोषणा गरेको प्राधिकरण वीरगंज वितरण केन्द्रले जनाएको छ ।



स्थायी घर भक्तपुरको सुर्यविनायक रहेका यादवको पुर्ख्यौली घर सिरहामा रहेको हुँदा मृतकको अन्तिम संस्कारका लागि शव सिरहा लगेको प्राधिकरणका कर्मचारीहरूले जनाएका छन् ।
मृतकका एक श्रीमती र दुई छोरी रहेका छन् ।




