
महोत्तरी।पिपरा गाउँपालिकाको आयोजना तथा जाइका आइमिन परियोजनाको सहयोगमा पिपरा गाउँपालिका भित्रका सामुदायीक विद्यालय तथा धार्मिक (मदरसा) का प्रधानाध्यापकहरुलाई पाच दिने फलोअप प्रधानाध्यापक नेतृत्व बिकास तालिम दिइएको छ । गत फाल्गुण ३० गते देखि संचालन भएको सो तालिम शनिवार समापन भएको हो ।

पिपरा गापा अन्तर्गतका सामुदयिक बिद्यालयका १६ जना प्रधानाध्यापक तथा मदरसा का ३ जना गरि १९ जना प्र अ हरुको सहभगिता रहेको सो तालिममा विद्यालय सुधार योजना निर्माण , पाठ अध्ययन विधि तथा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण बिधीको बारेमा गहन छलफल तथा सुधारका योजना सम्बन्धी प्रशिक्षण दिइएको हो ।
बारा तालिम केन्द्रका राजन भन्डारी , शिक्षा बिकास तथा समन्वय इकाइका इकाइ प्रमुख भरतबाबू सुवेदी तथा पिपरा गापाका शिक्षा शाखा प्रमुख राजकिशोर झा ले प्रशिक्षण दिएको सो तालिमको समापन कार्यक्रमको अध्यक्षता पिपरा गापाका प्रमुख प्रशासकिय अधिकृत शम्भु ठाकुरले गरेका छन ।
समापन समारोहमा सहभागी मध्येबाट मन्तब्य राख्दै प्रधानाध्यापक अशोक कुमार यादबले तालिममा धेरै ज्ञान् सिपहरु सिक्ने अब्सर प्राप्त भएको बताउदै सिकेका सीप र ज्ञानलाइ बिद्यालयमा प्रयोग गर्ने प्रतिवद्धता जनाए । त्यसतै समापन कार्यक्रममा उपस्थित भएका जापानीज बिज्ञ केनिची तानाकाले पाठ अध्ययन विधि नेपालको लागि नया कुरा रहेको बताउदै यसलाई लागू गर्न सके शिक्षण सिकाइमा धेरै उपलबधी हासिल गर्न सकिने बताए । उनले यो विधि जापानमा धेरै लोकप्रीय र सफल विधि भएको थपे । नेपालमा पनि बिस्तारै लागू गर्न सके सिक्षामा सुधार आउने बिस्वास उनले व्यक्त गरे । उनले यो विधि पिपरा गापामा नमुनाको रुपमा सफल भए विस्तारै अन्य पालिकाहरुमा समेत विस्तार गर्न सकिने बताए । जापनिज विज्ञ तानाकाले विद्यालय सुधार योजना निर्माण गर्दा यो बिधिलाइ पनि समाबेस गर्न अनुरोध गरे ।

यता आफ्नो मन्तब्य राख्दै शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख भरतबाबु सुबेदिले सामुदायिक बिद्यालयका शिक्षण सिकाइ विधि कमजोर हुँदै गैरहेको अबस्थामा यो तालिमबाट सिकेका सीप र ज्ञान् लाई प्रयोग गर्न सके र पाठ अध्ययन बिधिलाइ लागू गर्न सके धेरै सुधार आउने र यसको लागि प्रअ हरुले ठूलो भुमिका खेल्नु पर्ने बताए ।
पिपरा गापाका शिक्षा शाखा प्रमुख राजकिशोर झाले सबै प्रधानाध्यापकहरुलाइ शैक्षिक गुणस्तरमा सुधार ल्याउन निर्देशन दिदै आबश्यक सहयोग गर्ने प्रतिबद्ध्ता जनाए ।
समापन समारोहका अध्यक्ष तथा पिपरा गापाका प्रमुख प्रशासकिय अधिकृत शम्भु ठाकुरले पिपरा गापा अन्तर्गतका सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सधै सहयोग गरेकोमा जाइका आइमिन परियोजनालाइ धन्यबाद दिदै पिपरा गापाले पनि सधै सबै बिद्यालयहरुलाइ शैक्षिक गुणस्तर सुधार गर्न आबस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सन्चालन पिपरा गापाका शिक्षा शाखा प्रमुख राजकिशोर झाले गरेका थिए । जाइका आइमिन परियोजानाले विगतमा पनि प्रधानाध्यापक नेतृत्व तथा क्षमता अभिवृद्धी सम्बन्धी ५ दिने तालिम दिएको थियो । तेस्तै कक्षा १,२र ३ का गणित विषयक शिक्षकहरुलाइ पनि ५÷५ दिने तालिम दिइसकेको छ ।