जनकपुरधाम- धनुषामा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्ग औरही पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।



मृत्यु हुनेमा मिथिला नगरपालिका–३ हरिहरपुरका मोटरसाइकल चालक २२ वर्षिय युवराज महतो रहेको प्रहरीले जनाएको छ।
बुधबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाइकललाई औरही पुलमा ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।थप विवरण आउन बाँकी




