
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।
उनले भने, ‘अनुशासन समितिले कारवाहीको सिफारीस गरेको थियो त्यसलाई बैठकले अनुमोदन गर्यो, उहाँ साधारण सदस्य र सांसद रहनुहुन्न ।’
केहि दिन अघि श्रेष्ठको विवादास्पद अडियो सार्वजनिक भएको थियो ।
ढाकाकुमारको ठाउँमा विन्दबासिनी कंसाकार सांसद हुने
रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरेसँगै कंसाकारलाई संसदमा पठाउने निर्णय गरेको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मकवानपुरकी कंसाकारलाई रास्वपाले २ महिनाअघिमात्रै केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।