
जनकपुरधाम- मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्लाष्टिक म्यान क्याम्पेन गरिएको छ।
विसं २०७९ सालको अन्तिम दिन अर्थात् चैत ३० गते बिहिवारको दिन जनकपुरधाम उपमहानगरपालिका पेठिया बजारमा साँझपख प्लाष्टिक म्यान क्याम्पेन सम्पन्न गरिएको छ । कायापलटद्वारा आयोजित सडक प्रदर्शनमा अभियान्ताद्वारा पर्यावरणमाथिको विनाश रोक्न पर्ने सांकेतिक प्रस्तुती गरेका थिए ।

प्लाष्टिक म्यान क्याम्पेन अभियान अन्तर्गत मधेसका विभिन्न ठाउँहरूमा गर्दै आएको क्याम्पेन सफलता पुर्वक समापन गरेर सालको अन्तिम दिन जनकपुरधाममा क्याम्पेन गरेर जलवायु परिवर्तन बारे प्रष्ट पार्न र जलवायु संकटले निम्त्याएको विपद् र यसको क्रमिक असरबारे सांकेतिक प्रस्तुत गरिएको थियो।
सोही क्याम्पेनमा दुईजना पलाष्टिक म्यानले पलाष्टिकका बोतल र झोला बोकेका थिए भने पलाष्टिकका सांकेतिक रुपमा सडक प्रदर्शन प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिमा कायापलटका रिषभ कुमार र सुमन शर्माले प्लास्टिक म्यान बनेका थिए भने हिमानी मिश्रा र श्रुति तिवारीले प्लाष्टिक को झोला म्यान बनेर कायापलट का अभियानीहरु सँगै सडकका व्यपारी तथा आम–मानिसलाई प्लास्टिक बारे जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा सहजीकरण गर्दै कायापलट का अध्यक्ष कायुम राइनले पर्यावरणमाथिको हस्तक्षेप रोक्न पर्ने बताए । उनले भने,’आम मानिसले प्लास्टिकको प्रयोग कममात्र गरे पनि सफा र सुन्दर जनकपुरधाम बनाउन सकिन्छ । यसको सुरुवात आफुबाट हुन जरुरी छ । साथै प्लास्टिक झोला प्रयोग गर्न बन्द गरी सुन्दर र हरियो सहर निर्माणमा हातेमालो गर्न नगरवासी सँग अनुरोध गर्नुभएको थियो।

उक्त पलाष्टिक म्यान क्याम्पेन जनकपुरधामको पेठिया बजार,नमस्कार चौक हुदै प्लाष्टिक म्यान सहित ३० जना भन्दा बढी पर्यावरण अभियानीहरु सहभागी रहेका थिए।