
काठमाडौं- रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा गोली चल्दा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
गोली लागेर घाइते भएका स्थानीय राजकुमार राय यादवको स्थानीय अस्पतालमा उपचार उपचार सम्भव नभएपछि वीरगञ्ज लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बाटो बनाउने विषयमा विवाद हुँदा गोली हानाहान भएको हो । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।
प्रहरीका अनुसार कसले गोली चलायो भन्नेबारे अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ८ जनालाई बन्दुकसहित नियन्त्रणमा लिएको छ ।