
महोत्तरी- महोत्तरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको घोराई नगरपालिका बस्ने १९ वर्षीय प्रवीण नेपाली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लाको सम्सी गाँउपालिका–४ स्थित पासवान टोल जाने भीत्री सडक खण्डमा प्रहरीको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको नेपालीलाई शंकाको आधारमा चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार युवकको साथबाट नोर्फिन १०० एम्पुल, फेनार्गन १९५ एम्पुल, नाम नखुलेको लागूऔषध ९९ एम्पुल, डाईजेपाम २०२ एम्पुल गरी जम्मा ५९६ एम्पुल लागु औषध र सिरिन्च २ पिस बरामद गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।