जनकपुरधाम- मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बरिष्ठ पशु चिकित्सक डा. शम्भु नारायण साहलाई प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–५ बस्ने डा.साहलाई प्रदेश दुग्ध विकास बोर्डको स्थापना र सञ्चालन ऐन, २०७७ बमोजिम उपाध्यक्ष पदमा नियुक्त गरिएको हो ।
गत चैत ३० गते बसेको मन्त्रीपरिषद्को निर्णयानुसार डा. साहलाई बोर्डको उपाध्यक्षमा नियुक्त गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले जानकारी दिइन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खुल्ला विज्ञापन गरेर प्रतिस्पर्धामार्फत डा. साहलाई बोर्डको उपाध्यक्ष पदमा छनोट गरेको उनले बताइन् ।
प्रदेश सरकारको बोर्डले मधेस प्रदेशमा पशुपालनलाई प्रोत्सान दिनुका साथै दुग्धमा प्रदेशलाई आत्मनिर्भर बनाई निर्यात गर्ने क्षमताको विकास गर्ने उद्देश्य लिएको छ ।





