
महोत्तरी- मटिहानी नगरपालिका वडा नम्बर ६ मा सामुदायिक भवनको शिलान्यास गरिएको छ ।
मटिहानी नगरपालिका वडा नम्बर ६ जलसागरमा निर्माण हुन लागेको सामुदायिक भवनको आज एक समारोह बीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल शिलान्यास गरेका छन् ।
मधेस प्रदेश सरकारको समाजिक विकास मन्त्रालयको करिव २० लाखको लागतमा दुई कोठे सामुदायिक भवन निर्माण हुन लागेको हो ।
कार्यक्रममा मटिहानी नगरपालिका उपप्रमुख मंजू देवी साह, योजना अधिकृत राजेश कुमार शर्मा, इन्जीनियर बिमलेश साह लगायत स्थानीयहरुको सहभागी रहेको थियो।