
महोत्तरी- गौशाला नगरपालिकामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।
आइतबार गौशाला नगरपालिकाको आयोजनामा नगर कार्यपालिकाको कार्यालय स्थित आयोजना गरिएको कार्यक्रममा नगर भरिका अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो ।

नगरपालिकामा रहेका क, ख, ग र घ वर्गका अपाङ्गहरुलाई ३२ जोडी सहायक सामग्री गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतोले सामग्री वितरण गरेकी हुन् ।
नगरस्तरीय वजेटमार्फत उनीहरुलाई सो सामग्री वितरण गरिएको नगर उप-प्रमुख रेणु महतोले बताईन् ।
सामग्रीहरुमा ट्राइसाइकल , एम.सि. आर स्यान्डल , ह्विल चेयर , लुम्बर बेल्ट , स्पेशल कुर्सि , कृतिम खुट्टा , वाकर , वैशाखी लगायतका सामग्री वितरण गरिएको छ ।

सहायक सामग्री वितरण गरेकोमा अपांगता भएका व्यक्तिहरुले खुसि व्यक्त गरेका छन् । उनिहरु सहयोगी सामग्री पाएपछि दैनिकी क्रियाकलाप गर्नका सुलभ भएको भन्दै हर्षित भएका थिए ।

कार्यक्रमकामा नगर प्रमुख डा. दिपेन्द्र महतो, उपप्रमुख रेणु महतो, प्रमुख प्रशासकीय अधिकृत पूर्णवहादुर केसीले समाजिक सुरक्षा वितरणमा नगरको भु्मिकाको विषयमा चर्चा परिचर्चा गरेका थिए ।
