महोत्तरी- नेरुडे लघुबीतले विमा वापतको रकम महोत्तरीका एक विमितको परिवारलाई भुक्तानी गरेकाे छ ।
नेरुडेकाे सरपल्लाे उपशाखा अन्तर्गत केन्द्र नं. ६६, गैदा भेटपुर गाउँ पालिका कि सदस्य स्व.रामजीत देवीका पति सिताराम साह साेनारलाई बीमा बापतकाे रकम स्थानीय ८५ वर्षीया जेष्ठनागरीक गीता देवीकाे हातबाट वितरण गरिएको हो।
उक्त वितरण कार्यक्रममा केन्द्रकाे प्रमुख रिता देवी झा, सरपल्लाे शाखा प्रमुख धिरेन्द्र कुमार साह, केन्द्र बैठक सञ्चालन गर्ने कर्मचारी सुन्दर कुमार यादवले सहजिकरण गरेका थिए।
पिडितलाई संस्थाले बीमा बापतकाे रू. १ लाख १० हजार नगद सबै केन्द्रका सदस्यहरु, अभिभावक तथा स्थानीयहरुकाे उपस्थितिमा उपलब्ध गरेकाे थियाे ।


