
ठाकुर कुमार श्रेष्ठ , भैरहवा वासी र विशेषगरि युवा पुस्ता को लागि चिरपरिचित नाम हो । सानै उमेर देखि विभिन्न सामाजिक संघ संस्थामा रहेर समाज सेवा गर्दै आउनु भएका श्रेष्ठ हाल सिद्धार्थ उद्योग वाणिज्य संघ को अध्यक्ष हुनु हुन्छ। हरेक उमेर र समुदाय को मानिसहरु सित सजिलै घुलमिल हुने स्वभाव भएका श्रेष्ठ ,वि. सं २०११ साल मा स्वर्गिय मंगल सेन शर्मा ले भैरहवा मा स्थापना गर्नु भएको सि.उ.वा संघ को ईतिहास मै सबै भन्दा कम उमेर मा अध्यक्ष पद मा निर्वाचित हुनु भएको हो। २०६० साल मा का.स.स बाट संघ मा शुरुवात गरी कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुदैँ गत फाल्गुन मा सम्पन्न निर्वाचन वाट अध्यक्ष मा निर्वाचित हुनु भएको हो । श्रेष्ठ संग हाल को उद्योग व्यापार बारेमा सम-सामयिक विषयमा शिरीष न्युजको लागि कृष्ण राज गिरी द्वारा लिईएको अन्तर्वार्ताको सारसंक्षेप :
-उद्योग वाणिज्य संघ के का लागि हो ?
उद्योग वाणिज्य संघ सम्पूर्ण व्यापारीहरु को साझा सँस्था हो । संघ सधैं आफ्ना सदस्यहरुको हकहित को लागि तत्पर्ताका साथ लागि रहनु को साथै विभिन्न समय मा प्रशिक्षण पनि दिने गर्दछ। उद्योग , व्यवसाय प्रबर्द्धनको लागि समय समय मा विभिन्न कार्यक्रम को आयोजन पनि गर्दछ । उद्योग, व्यापार मा प्रत्यक्ष या अप्रत्यक्ष असर पर्ने कानुन लाई समर्थन या विरोध गर्नुको साथै सदस्यहरु लाई सरकार पक्ष वाट बनाईएको नयाँ नियम र त्यस को प्रभाव को वारे मा सुचित गर्दछ।
-उद्योग वाणिज्य संघ ले ठुला व्यापारी हरु को मात्र समस्या सुन्छ भन्ने आरोपमा के भन्नु हुन्छ ?
यो आरोप मा कुनै सत्यता छैन। समस्या चाहे ठुला उध्योगपति लाई परोस् या साधारण व्यापारी लाई हाम्रो लागि सबै सदस्य बराबरहुन् , त्यससै ले हामी समस्या को समाधान गर्न तर्फ मात्र लाग्दैनौ त्यस प्रकृती का समस्या पुन नदोहोरियोस् भनेर सचेत रहन्छौं।
भैरहवा को व्यापार दिन प्रती दिन धरासायी हुनु को मुख्य कारण के होला ?
व्यापारमा समस्या अहिले भैरहवा लगाएत देश भरि रहेको छ। तर मुख्य रुप मा खुला सिमाना को कारण भैरहवा को व्यापार दिनप्रतिदिन ओरालो लाग्दो छ। भारतिय ग्राहक नेपाल आउन छाडेका र नेपाली ग्राहकले सिमा पारी खरिदारी गर्नाले भैरहवा बजारको अवस्था दयनिय बनेको छ।
खुला सिमाना नियन्त्रण गर्न के पहल गर्नु भयो ?
नयाँ कार्यसमिती निर्वाचित भएर आए लगत्तै हाम्रो पहिलो काम नै खुला सिमा नियन्त्रण को लागि भैरहवा भंसार कार्यालय ,शसस्त्रप्रहरी र नेपाल प्रहरी लाई नेपाल प्रवेश गर्ने सबैलाई चेकजाँच गरेर मात्र प्रवेश दिन र भंसार नाका कडा गरि अवैध कारोवार नियन्त्रण गर्नआग्रह गरेका थियौं। साथै केन्द्र सम्म विभिन्न संवन्धित निकाय हरु मा पनि हामी ले खुला सिमा कडाई को लागि जोडदार माग गरेकाछौं।
गौतम बुद्ध अन्तराष्टिय विमानस्थल नियमित सुचारु नहुदाँ व्यवसाहीहरु को अर्वौ लगानी जोखिम मा परेको ले यो सुचारु गराउन संघको तर्फ वाट के पहल गर्नु भयो ?
गौतम बुद्ध अन्तराष्टिय विमानस्थल सुचारु नहुदाँ भैरहवा मात्र नभई समग्र यस क्षेत्र का अर्वौ लगानी जोखिम मा परेको छ।अन्तराष्टिय विमानस्थल भैरहवा को लाईफ लाईन भएको ले संघ विमानस्थल संचालन को लागि विभिन्न मिती मा विमानस्थल प्रमुखलाई भेटी संचालन को लागि पहल गरिदिन अनुरोध गर्नु को साथै, यस क्षेत्र का सम्पुर्ण संघ संस्था मिली संचालन को लागि दवाव स्वरुपधर्ना पनि दिएका थियौं। लुम्बिनी प्रदेश का सबै संघिय र प्रादेशिक माननिय ज्यु हरु लाई संघ मै आमन्त्रण गरि विमानस्थल संचालन मापहल गरिदिन आग्रह गरेका थियौ। बुद्ध जयन्ती को दिन प्रधानमन्त्री ज्यु लुम्बिनी आउँदा ,सिघ्र विमानस्थल संचालन को लागि ज्ञापन पत्रबुझाएका छौ। विमानस्थल संचालन मा नआउँदा व्यवसाही को लगानी मात्र जोखिम मा छैन , सरकार को ४० अर्व भन्दा वढी र वैंक तथावित्तिय संस्था हरु को अर्वौ लगानी पनि जोखिम मा रहेको छ।
-हजुर निर्वाचित भएर आए पछि व्यापारी हरु को हकहित को लागि के गर्नु भयो र थप के गर्ने सोच छ ?
म लगाएत सम्पुर्ण पदाधिकारी हरु निर्वाचित भएर आईसकेपछि हामी हरु खुला सिमा नियन्त्रण , गौतम बुद्ध अन्तराष्टिय विमानस्थलपुर्ण रुप मा संचालन को लागि पहल, व्यवसाही लाई बैंक ले लिएको चर्को व्याजदर को विरोध गर्नु को साथै व्यवसाही हरु माआईपरेका विभिन्न समस्या को समाधान को लागि लागि परेका छौं । स्थानिय सरकार सँग घर वाहाल कर , व्यवसाही कर लगाएत काविभिन्न विषय हरु मा सहकार्य गरिराखेका छौं। आगामी वजेट निर्माण गर्दा उध्योगी व्यवसाही मैत्री बनाउन लाई सुझाउ पनि दिएका छौंर साथै आगामी दिन हरु मा पनि व्यापारी हरु को हकहित को लागि निरन्तर लाग्नेछौं ।
अन्त मा व्यापारी साथीभाईहरु लाई केही भन्न चाहनु हुन्छ ?
हामी निर्वाचित भएर आएको लगभग दुई महिना हुन थाल्यो, हामी लाई विश्वास गरेर निर्वाचित गराउनु हुने सम्पुर्ण आदरणिय उध्योगी, व्यवसाही हरु लाई सर्वप्रथम धन्यवाद दिन चाउन्छु । अनि व्यापार अहिले राष्टिय र अन्तराष्टिय दुवै कारण ले भैरहवा लगाएत देश भरिनै मन्दि मा रहेको ले धैर्य गरेर आफ्नो व्यवसाय गर्न आग्रह गर्दछु। व्यवसाय मा यो अवस्था सधै रहन्न छिटै नै राम्रो हुने आशा गरौं र केहिसमस्या परे तत्काल म लगाएत हाम्रो कार्यसमिती या संघ मा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछु ।