
महोत्तरी - विद्यार्थीको गणित विषयको सिकाईमा सुधार ल्याउन महोत्तरीको पिपरा गाउँपालिका स्थित सामुदायिक तथा धार्मिक विद्यालयहरुका शिक्षक,अभिभावक र विद्यालय व्यवस्थापन समिति सहितका सरोकारवालाहरुको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । पिपरा गाउँपालिकाको आयोजना तथा जाइका आइमिन परियोजनाको सहयोगमा गुणस्तरिय शिक्षा र गणित सिकाइ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अभिभाकहरुलाइ आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षा प्रदान गर्न जिम्मेबारी बोध गराउन साथै शिक्षक तथा बि ब्य समितिहरुलाइ पनि जिम्बेबारी का साथ आफ्नो कर्तब्यबोध गराउन अन्तरकृया गरिएको हो । कार्यक्रममा पिपरा गाउँपालिका भित्र सन्चालित १६ वटा सामुदायिक बिधयालय र ३ वटा धार्मिक (मदरसा) गरि १९ बिद्यालयकाका बिच विभिन्न चार चरणमा अन्तरकृया सम्पन्न भएको हो ।

पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले सहजिकरण गरेको सो कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख भरतबाबू सुबेदी, पिपरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राज् किशोर झा, जाइका आइमिन परियोजनाका बिज्ञ मेगुमी सियातो र जाइका आइमिन परियोजनाका जिल्ला परियोजना अधिकृत बिनय बाबू ढकाल सहभागि थिए ।
अन्तर्कृया कार्यक्रम मा सहभागीहरुले आफ्नो आफ्नो बिध्यालयमा गुणस्तरीय शिक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने गरि कार्ययोजना बनाइ प्रस्तुत गरेका थिए । बनाइएको कार्ययोजना लागू गर्न प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
आगामी दिनमा सामुदायिक बिध्यालय को शिक्षालाई अझ बढी प्रभाबकारी र गुणस्तरीय बनाउन सवैले ऐक्यवद्धता जनाए । सहभागीहरुले यस्तो खालको त्रीपक्षिय अन्तर्कृया कार्यक्रम निरन्तर हुनु पर्ने जोड दिएका थिए । यसले सबै सरोकारवाला आफ्नो आफ्नो भुमिका प्रती चनाखो र जिम्मेवार हुने सहभागिहरुले जिकिर गरे ।
यता गाउँपालिका अध्यक्ष रामजानकी यादव ले त्रीपक्षिय अन्तर्कृया कार्यक्रम निकै फलदाइ भएको बताए । उनले यस्तो कार्यक्रमले सवै पक्ष जागरुक हुने बताए । त्रीपक्षिय भेलाबाट सरोकारवाला पक्षहरुमा शिक्षाको महत्व र गुणस्तरिय शिक्षाको लागि अभिभावकिय जिम्मेवारीको महत्व बुझिएको बताए ।

त्यसतै जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइका इकाइ प्रमुख भरत बाबू सुबेदीले पनि बालबालिका को गुणस्तरीय शिक्षाका लागि पहिलो भुमिका अभिभाबकको हुने र सबै अभिभाबक आफ्नो बालबालिकाको गुणस्तरीय शिक्षाका लागि संवेदनशिल हुनु पर्ने बताए । जाइका आइमिन परियोजना का बिज्ञ मेगुमी सियातोले तीन जना अभिभबक प्रतिनिधिमुलक सहभागी भएकाले गाउघर तथा समाजका अरु अभिभाबक लाई पनि सचेत गराउन भुमिका खेल्नु पर्ने बताए । गणित विषय महत्वपुर्ण विषय भएकाले गणित विषयलाई अझ बढि समय दिन उनले अनुरोध गरे ।
पिपरा गाउपालिकाका शिक्षा शाखा प्रमुख राजकिशोर झाले दैनिक जीवन को हरेक गतिबिधिमा गणित आबश्यक पर्ने भएकाले गणित विषयको महत्व निकै रहेको बताउदै विद्यार्थीहरुलाई यसविषयप्रति रुची बढाउन अभिभावकले महत्वपुर्ण भुमिका खेल्न आवश्यक रहेको बताए । अन्तरकृया कार्यक्रम को ब्यबस्थापन तथा सन्चालन जाइका आइमिन परियोजनाका जिल्ला परियोजना अधिकृत बिनय बाबू ढकालले गरेका थिए ।