महोत्तरी – गौशाला नगरपालिकाका सम्पर्कविहीन भएका ६ जना बालबालिकाको सकुशल उद्धार गरिएको छ। जेठ १ गते घरबाट निस्केका गौशाला नगरपालिका-४ का १५ वर्षीया पूजा सदा, १३ वर्षीया विमला सदा, १८ वर्षीया सङ्गीता सदा, १७ वर्षीया रिता सदा, १४ वर्षीय करण सदा र १३ वर्षीय राजेश सदा सम्पर्कविहीन भएका थिए।
सम्पर्क विहीन भएका बालबालिकाबारे २ गते अभिभावहरुले गौशला नगरपालिकाका उपमेयर रेणु कुमारी महतोलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गौशलामा सुचना दिएर उनिहरुको खोजतलास सुरु भएको थियो ।



उद्धार गरेर ल्याइएपछि बालबालिकाहरु मध्येका एक रिता सदाले आफूहरुलाई तेह्रथुमको अठराई गाउपालिका संक्रन्ति बजारमा नवनिर्मित अठराई प्राइमरि हस्पिटलमा मजदुरि गर्नका लागि ल्याइएको बताइन् । उनले सोमबार घरबाट हिडेपछि मंगलवार ३ बजे तेह््थुम आइपुगेको बताइन् ।
वेपता भएको खवर पाएपछि प्रहरीले तत्कालै खोजतलाश शुरु गरेका थिए । सोहि क्रममा तेह्रथुम बालबालिकाहरु पुगेको जानकारी जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्ता लगाएर तेह्रथुमका प्रहरीलाई सम्पर्क गरि बालबालिकाहरुलाई नियन्त्रणमा लिन आग्रह गरेका थिए।

बालबालिकाहरुलाई तेह््रथुम प्रहरीले जिम्मा लिइसकेको खबर पाएर उनिहरुलाई त्यहाँबाट ल्याउ उपमेयर महतोले गाडीको बन्दोबस्त मिलाई लिन पठाएर शुक्रवार बिहान सुरक्षित साथ घर आइपुगेको अभिभावकहरुले बताए ।
तेह्रथुम पुगेका बालबालिकाहरु मध्ये एक करण सदाले संचारकर्मीलाई मुश्लिम समुदायकी एक भारतीय महिला जसको बसोबास गौशालामा रहेको छ, उसको नाम खुसबु भनेर बताउने १५ दिन अघि तेह्रथुममा काममा आफूसंग जाने भनेर भनेपछि सबै जनाले प्लान गरेर गएको बताए। खुशवु नाम मात्र थाहा भएको तर यकिन ठेगाना थाहा नभएको बालक करणले बताए।
गौशाला नगरपालिकाबाट एकै साथ ६ जना बालबालिका वेपत्ता




