रौतहट — रौतहटको गुजरा नगरपालिका ६ प्रतापपुर पल्टुवाका ४५ वर्षीय शेख अलाउदिनलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै फुपूको हत्यापछि फरार अलाउदिनलाई १४ वर्षपछि ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले शनिबार पक्राउ गरेको हो।
२०६६ साल पुस ८ गते राति १२ बजे साविक गाविस बगही हाल कटहरीया–६ फत्तेपुरका शेख फौजदारकी श्रीमती ६५ वर्षीया मजबुनिया शेखिनको अलाउदिनले गोली हानी हत्या गरेको आरोप लागेको थियो ।
मृतक अलाउदिनका फुपू हुन् । जग्गाको लोभमा हत्या गरेको आरोप लागेपछि उनी फरार थिए । गरुडा नगरपालिका ४ स्थित नयाँ एनपी स्टार होटल अगाडि फेला पारेको इलाका प्रहरी गरुडाले जनायो । अलाउदिनलाई आइतबार जिल्ला अदालत बुझाउने प्रहरीले जनायो ।




