जनकपुरधाम। अवतरण गर्न लागेको विमान जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि पुनः काठमाडौं फर्केको छ । काठमाडौंबाट जनकपुर आइपुगेको बिमान अवतरण गर्ने क्रममा पाइलटले रनवेमा स्यालदेखेपछि पुनः काठमाडौं फर्काएका हुन् ।
पाइलटले दुईपटक अवतरणको प्रयास गरेका थिए । तर एकपटक स्याल र अर्कोपटक पानी परेको कारण प्रतिकुल मौसमका कारण अवतरण गर्न नसकेर जहाज पुनः काठमाडौं नै फर्किएको हो ।
यति एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजे पनि अवस्था प्रतिकूल नभएपछि जहाज फर्केको बताए विमानस्थलमा अवतरण गर्न पहिलो पटक पानी परेको हुँदा मौसमको कारण र अर्को पटक अवतरण गर्न खोज्दा रनवेमा स्याल देखेपछि जहाज फर्केको उनको भनाइ छ ।
पाइलटले एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको प्रबन्धक सिंहले जनाए । काठमाडौं जनकपुरको लागि साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो । ५९ जनाले टिकट बुकिङ गराएका थिए ।




