महेन्द्रनगर- क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७ मा सिलाई कटाई तथा जनै(जनउ) बनाउने तालिम शुभारम्भ गरिएको छ।
नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी कृषि फर्म हरिहरपुर क्षीनपा ७ को आयोजनामा महिलाहरुलाई उद्यमी बनाउनको लागि ३ महिने सिलाई कटाई तथा १० दिने जनै बनाउने सम्बन्धी तालिमको आयोजना गरेको हो।




क्षीनपा ७ का वडा अध्यक्ष मोबारक कवाडी (नथुनी) को अध्यक्षतामा बुधवार तालिमको एक समारोह बीच क्षीरेश्वरनाथ नगरपालिकाको मेयर सुखदेव यादव , उपमेयर रचना माथेमा र महागुठीका महासचिव गोमा गौतमले संयुक्त रुपमा पानसमा बत्ती बालेर उदघाटन गरेका छन् ।
तालिममा सिलाई कटाईमा ३५ जना र जनै बनाउने तालिममा २० जनाको सहभागीता रहेको छ।
तालिम उदघाटन समारोहमा गुठीका कार्यकारी प्रमुख प्रेम लामिछाने, पूर्व धनुषा जिल्ला समन्वय समितिका सभापति रामदेव यादव, नेपाली काँग्रेसका नेता मदन घिमिरे, नेकपा एसका नेता हरिप्रसाद पौडेल, प्रेममाया श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




