काठमाडौँ । बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसेबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।
शुक्रबार बिहान घरबाट कार्यलय निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।



उनले प्रयोग गर्ने मोबाइलसमेत अफ रहेको छ । सम्पर्कविहीन भएको सूचना प्रहरीसम्म पुगेको छ । प्रहरी र आफन्तले शुक्रबारबाट नै खोजबिन गरिरहेको छ तर अहिले सम्म फेला परेका छैनन् ।




