नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीद्वय प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो ।
भेटवार्तामा महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यस्तै, केही परियोजनाको उद्घाटनपछि पत्रकार सम्मेलनको आयोजना गर्ने र यसपछि दिवा भोजमा सरिक हुने
कार्यसूची छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले आजै भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।














