धनुषा- मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानवअधिकारप्रति हामी सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा आइतवार जनकपुरधाममा आयोजित मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्बोधन गर्नु हुँदै सभामुख मण्डलले मण्डलले पद र शक्तिमा हुनेहरुले पछाडि पारिएकाहरुलाई शक्तिशाली बनाउन ध्यान दिनुपर्ने बताउनु भयो ।




उहाँले समानता, स्वतन्त्रता, मर्यादा मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानव अधिकारप्रति सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले साधन स्रोतलाई सीमित जातिमा केन्द्रित गरिदा विद्रोह हुनेगरेको भन्दै मानवअधिकारका प्रतिपादित सिद्धान्तलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समस्यै समस्याले समाज घेरिएको छ । तर ती समस्याले एउटा दिसा पनि दिन्छ।”
उहाँले देश शासन व्यवस्था फेरिएर गणतन्त्र आएपछि जनताले मानवअधिकारको अभाष गरेको भन्दै मानव अधिकारको पूणर् पालनाका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षामा जोड दियौँ भने युगान्तकारी परिवर्तन हुनसक्ने बताउनुभयो ।
सभामुख मण्डलले हामी अधिकारको विषयवस्तुमा मात्रै केन्द्रित हुनेगरेको भन्दै अधिकारका साथसाथै दायित्व निर्वाह गर्नेतर्फ समेत हामीले जोड दिनुपर्ने बताउनुभयो ।
सभामुख मण्डलले संविधान र राज्यले प्रत्याभुत गरेको हक अधिकार सबै तहतप्का, बर्ग, क्षेत्र र लिंगका व्यक्तिहरुले अनुभुती गर्न पाउनु पर्ने र राज्यले यसको संरक्षण र संबद्र्धन गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले मधेश प्रदेशमा मानवअधिकार पालनाको अवस्थामा विगतभन्दा धेरै सुधार भएको बताउनुभयो । उहाँले सामाजिक सुधारको सुचकांकलाई कायम राख्न मानव अधिकारको पूणर् पालना जरुरी रहेको बताउनुभयो । उहाँले मानव अधिकार पालनाको अवस्थामा क्रमशः सुधार आएको र प्रदेशका कारागार, प्रहरी हिरासतहरुको अनुगमन गरेको चर्चा गर्नुभयो ।
विगतभन्दा धेरै सुधार भएको आभाष आफूलाई भएको उहाँको भनाइ रहेको थियो । सामाजिक सुधारको सूचकाङ्कलाई कायम राख्न मानवअधिकारको पूणर् पालना जरुरी रहेको उहाँले बताउनुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मानव अधिकारको उलङ्घन नहुनेगरी स्थानीय प्रशासनले सजग भएर कामकाज गरिरहेको बताउनुभयो ।
धनुषामा एसपी विश्वराज खड्काले मानव अधिकार संरक्षणको सबालमा प्रहरी प्रशासन संवेदनशील रहेको बताउँदै उहाँले प्रहरीले अनुसन्धान प्रकृया अगाडी बढाउँदा यस तर्फ विशेष ध्यान दिने गरेको बताउनुभयो ।
इन्सेकका अध्यक्ष कुन्दन अर्यालले नागरिक समाज, मानव अधिकार रक्षक र राज्य बीच मानव अधिकारको रक्षाका लागि काम गर्ने बेला साझेदारीको आवश्यकता भएको बताउनुभयो ।

उहाँले इन्सेक गैरसरकारी संस्था मात्र नभएर इन्सेक एक अभियान भएको बताउँदै उहाले ३१ वर्ष मानव अधिकार वर्ष प्रकाशन गर्नुको साथै २८ वर्ष देखि मानव अधिकारको क्षेत्रमा काम गर्ने एक व्यक्तिलाई पुरस्कार समेत प्रदान गर्दै आएको बताउनुयभो ।
कार्यक्रममा सहभागी भएकाहरूले मधेश प्रदेशमा दलित र पछि पारिएका समुदायहरूले मानव अधिकारसँग सम्बन्धित विभिन्नखालका समस्याहरू भोग्न बाध्य भए पनि राज्यको ध्यान नगएको बताउनुभयो ।
कार्यक्रममा सहभागी न्यायाधिवक्ता राजकुमार महासेठले राज्यले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो
मानव अधिकार संजालका पूजा साहले विद्यालयहरुमा भर्ना भएका विद्यार्थीहरुले पढाइ छोड्ने क्रममा बढ्दो भएको बताउँदै उनले यसका पछाडी बालविवाह, दुव्र्यसन कुलतमा किशोरकिशोरीहरु लाग्ने हुनाले पठनपाठन प्रभावित भएको बताउनुभयो ।
ब्लुडाइमन्ड सोसाइटीका प्रदीप यादवले यौनिक अल्पसंख्यकहरु हिंसामा पर्ने गरेको र आफ्नो पहिचानको सबालमा नै ठूलो समस्या झेली रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले स्थानीय जनप्रतिनिधिहरुले स्थानीय तहमा हुने उपभोक्ता समिति मार्पmत हुने विकास निर्माणका कामहरुमा आफ्नो जातको आधारमा बनाएर सिमान्तकृत समुदायसंग विभेद गरिरहेको बताउनुभयो ।
अधिवक्ता किशोरी साहले स्थानीय तह र अदालतमा बाट मानव अधिकार उल्लंघन भईरहेको बताउँदै उनले सडक निर्माणको क्रममा जग्गाको उचित मुआब्जा नदिने र अदालतले पनि त्यस्ता पीडितलाई भरपाई गराउन नसकेको बताउनुभयो ।
कार्यक्रमा इन्सेकका मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले मधेस प्रदेशको मानव अधिकारको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा इन्सेकका सप्तरी प्रतिनिधि मनोहर पोखरेललाई प्रमाणपत्रसहित सम्मानित गरिएको थियो । सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दै आउनु भएका पोखरेल पुरस्कृत हुनु भएको हो ।




