जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।
झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो । उनी मधेशकम एक चर्चित कुशल अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए ।
तीन वर्ष अघि उनलाई मधेश प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी उपकुलपतिमा डा. साहलाई नियुक्त गरेको थियो ।




