महोत्तरी- गौशाला नगरपालिकाले गरेको शिक्षक सरुवा वैधानिक रहेको उच्च अदालत जनकपुरले फैसला सुनाएको छ ।
विहिवार उच्च अदालत जनकपुरले गौशाला नगरपालिकाले शिक्षक सरुवा गरेको शिक्षा संचालन व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको कार्यविधि, २०७५ को दफा २० को एंव गौशाला नगरपालिकाको शिक्षक व्यवस्थापन तथा विषयगत दरबन्दि



मिलान कार्यविधि २०८० को परिच्छेद ४ को ४.४ बमोजिम कामकाजमा खटाउन सकिने र कामकाजमा खटाईएका शिक्षकहरुको विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको उच्च अदालतको निर्णयमा उल्लेख गरिएको छ ।
गौशाला नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयमा कार्यरत ९९ जना शिक्षकहरुलाई जेष्ठ २ गते नगरपालिकाले काज सरुवा गरे पछि गौशाला नगरपालिकाको शिक्षकहरुले गरेको सरुवा अवैधानिक रहेको भन्दै उच्च अदालत जनकपुरमा दिएको मुद्दाको सुनवाइ गर्दै यो फैशला सुनाएको हो ।







