महोत्तरी(औरही) – औरही नगरपालिकामा महिलाको लागि प्रजनन स्वास्थ्य समस्या सम्बन्धी दुई दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । औरही नगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्रभुसन ठाकुरका अनुसार औरही वडा नं ३ स्थित रहेको श्री सोंफी दशैँ माबि बिधालयमा असार १ र २ गते दुई दिने नि:शुल्क महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर संचालन हुने भएको छ ।
औरही नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन हुने उक्त नि:शुल्क स्वास्थ्य शिविरमा स्तन क्यान्सरको पहिचान, प्रारम्भिक उपचार र आवश्यक परे रिफर गरिने, Obstetrics fistula, आङ खस्ने समस्याको पहिचान र रिङ प्रेसरी राख्ने, पाठेघरको मुखको क्यान्सर जांच pt case हरू लाई Thermocoagulation विधिबाट उपचार, बांझोपन समस्यालाई आवश्यक परामर्श सेवा र रिफर जस्ता सेवाहरू उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख ठाकुरले जानकारी दिए।
यस कार्यक्रमलाई सहयोग गर्ने सस्थाहरु अस्ट्रेलियन यड,अदारा नेपाल र बागमती सेवासमाज रहेको छ।
प्रादेशिक अस्पताल जनकपुर बाट प्रसूति तथा स्त्री रोग विशेषज्ञ चन्द्र रेखा इसारको टोलि सहित औरही नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीहरू सहितको टोलीले शिविर संचालन गर्ने भएको बताइएको छ।


