महोत्तरी- रामगोपालपुर नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई दादुरा रूवेला खोप अभियान संचालन सम्बन्धि अभियमुखिकरण सम्पन्न गरिएको छ।
आइतबार रामगोपालपुर नगरपालिकाको सभाकक्षमा स्थानीय जनप्रतिनिधि, समाजसेवी,पत्रकार, शिक्षक प्रतिनिधि,संघ-संस्थाका जिम्मेवार लगायत स्थानीय सरोकारवालाको करिब ५० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा दादुरा, रुवेला रोगको न्यूनीकरण कसरी गर्न सकिन्छ यसमा स्थानीय सरोकारवाला पक्षकाे भुमिका कस्तो रहने भन्ने विषयमा छलफल भएको थियो ।
दादुरा रुबेलाको विषयमा रामगोपालपुर नगरपालिका स्वास्थ शाखा प्रमुख अछेलाल दासले जानकारि दिनु भएको थियो।सोही कार्यक्रमलाई सम्बोधन गर्दै रामगोपालपुर नगरपालिकाकि उप प्रमुख रिना कुमारी यादवले आफ्नो नगरमा उक्त अभियानलाई सशक्त रुपमा लैजाने छु र यसलाई थप प्रभावकारी बनाउन नगरपालिका लागिपरेको छ आफ्नो भुमिकामा कहि कतै नचुकी आफ्नो कर्तव्य पुरा गर्ने बताए ।
उक्त अभियानलाई सफल पार्न आम स्थानीय सरोकारवाल पक्ष तथा आम सञ्चार माध्यमको पनि अमुल्य भुमिका रहेको हुँदा सञ्चारकर्मीले पनि आआफ्नो स्थान बाट सहयोग गर्न अनुरोध गरे ।कार्यक्रममा नगरपालिकाका स्वास्थ संयोजक अछेलाल दासले यसै महिनाको ४ गते देखी ८ गतेसम्म ६ महिना देखी १५ वर्ष मुनिका बालवालिकालाई सम्बन्धित बिधालयमा गएर दादुरा सम्बन्धि खोप लागाउने र त्यहि बिधालयमा बिधालय भन्दा बाहिर रहेका बालबालिकालाई बोलाएर दादुराको खोप लगाउन अनुरोध समेत गरिएको छ।
समयमै नियमित खोप लगाइ आफ्ना बालबालिकाहरुलाई विभिन्न रोगहरु बाट बचाऔ । बांकी नजिकको तोकिएको स्थानमा खोप लगाउन सकिने छ।


