
रागनी साह,जलेश्वर ।नागरिकता समस्या र कानुनी प्राबधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न जलेश्वरमा सम्पन्न भएको छ।
राज्यविहिन मधेसी युवा संघर्ष समितिको आयोजनामा जलेश्वर स्थित नेपाल पत्रकार महासंघको सभाहलमा नागरिकता समस्या र कानुनी प्राबधान सम्बन्धि अन्तरकृया कार्यक्रम समितिका अध्यक्ष अर्जुन साहको अध्यक्षतामा सम्पन्न भएको हो।
यस क्रार्यक्रममा प्रमुख अतिथि पूर्व मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, बिशिष्ट अतिथि जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार ,अतिथि जलेश्वर नगरपालिका वडा नं २का वडा अध्यक्ष बरुण दहाल , समाजसेवी सन्तोष साह र धर्मेन्द्र राय लगायत नागरिकता पीडितहरु समेतले उपस्थिति रहेकाे थियो ।
कार्यक्रममा पुर्व मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले नागरिकता पीडितको लागि गर्नु भएको पहल र कानुनी प्राबधान बारे मन्तव्य राखेका थिए र पीडितको नागरिकता समस्या सुनेर समस्या को कानुनी समाधान वारे सम्बोधन समेत गरेका थिए ।
सन्तोष साहले कुनै नागरिकता पीडित वडा वा पलिकामा सिफारिस को लागि जाँदा सिघ्र सिफारिस गरिदिन जलेश्वर नपा प्रमुख सुरेश साह सोनारलाई आग्रह गरेको थियो ।
त्यस्तै जलेश्वर नपा प्रमुख सुरेश साह सोनारले नागरिकता पीडितका लागि वडा वा पालिकाबाट हुने सम्पूर्ण सहयोग गर्नेछु भन्ने प्रतिबद्धता जनाए ।
नागरिकता पीडितका लागि कानुनी लडाई मार्फत सफलता दिलाउन सफल भएको दिपेन्द्र झालाई भर्खरै नागरिकता प्राप्त गरेको दुई दाजुभाइ बादल चौधरी र ब्राइट चौधरी ले सम्मान गरेको थियो ।