महोत्तरी- औरही नगरपालिका वडा नम्बर ५ का वडा कार्यालयद्वारा वडाका ५० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। सम्मानकाे क्रममा जेष्ठ नागरिकलाई ब्लैंकेट,सुपानेट झुल र छाता प्रदान गरिएको छ । वडा कार्यालय परिसरमा वडा अध्यक्ष किसोरी प्रसाद यादवले उहाँ हरुलाई सम्मान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष यादवले जीवनका अधिकांश समय कृयाशिल रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पुर्याउनु भएका जेष्ठ नागरिकहरु राष्ट्रका अमूल्य निधि भएको उल्लेख गरे । जेष्ठ नागरिकबाट असल संस्कृति, संस्कार भावि पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा जेष्ठ नागरिकको योगदानलाई स्वीकार गर्दै नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण टड्कारो रहेको उनको भनाई थियो ।




कार्यक्रममा सो वडाका एक जेष्ठ नागरिक १०५ वर्षका भिखारी रायले भने नगरपालिका आएको ६ वर्ष भयो तर आज सम्म यस्तो सम्मान पाएको थिएन आज वडा ३ का वडा अध्यक्षले सम्मान कार्यक्रम राखी सम्मान गरेकोमा आफु खुसि महसुस गरेको छु र आगामी दिनमा पनि यस्तै गर्दै जाउन भन्ने बिश्वास गरेको छु ।

यस्तै वडा सचिव बिकाउ यादवले जेष्ठ नागरिकका स्वास्थ्य समस्यादेखि आधारभुत अधिकारका विषयमा सेवा प्रवाह गर्न कुनै कसर बाँकी नराखिएको जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष सदस्य,स्थानीय राजनीतिकर्मी,वडा बासि सामाजिक अगुवा व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।





