कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को एक मात्र उप-महानगरपालिका बुटवल उप-महानगरपालिका ले डेंगी नियन्त्रण का लागि 'खोज र नष्ट गर' अभियान संचालन गर्ने भएको छ।

बुटवल उप-महानगरपालिका मा वुधवार सरोकार वाला सहित को वैठक तथा अन्तरक्रिया कार्यक्रम ले विहिवार देखि नै खोज र नष्ट गर अभियान १९ वटै वडा मा एक साथ संचालन गर्ने निर्णय गरेको हो ।

बुटवल उप-महानगरपालिका का प्रमुख खेलराज पाण्डेयले बुटवल भित्र डेंगी नियन्त्रण का लागि नगर ले नियमित रुपमा अभियान सन्चालन गर्ने जानकारी गराए । सबै लाई एक साथ अभियान संचालन गरेर संक्रमण फैलिन नदिन तर्फ ध्यान दिनु पर्ने बताए। आवश्यक पुर्वतयारी र उपचार का लागि सबै सामग्रीहरु तयारी अवस्था मा राखिने र आवश्यक्ता अनुसार फिभर क्लिनिक र औषधी उपचार को व्यवस्था पनि गरिने थप जानकारी गराए ।




