धनुषा- जनकपुरियन लेडिज ग्रुपले बिहीवार विहान जानकी मन्दिरको फुलबारीमा वृक्षराेपण गरेका छन् ।
लेडिज ग्रुपले विभिन्न प्रजातिका १०१ वटा फूलको बोटहरु तथा बेलपत्र,चन्दन,धुपी ,रबर प्लान्ट,सम्मी लगायतका बोटहरु रोपेको हुन् ।



केहिदिन अगाडि मात्रै जनकपुरका स्थानीय युवाहरुले फूलबारीमा लगाएको तरकारीहरु नष्ट गरि फूल रोप्न आह्वान गरेका थिए।

जनकपुरियन लेडिज ग्रुपको पहलमा बिहीबार बिहान जानकी मन्दिरको फूलबारीमा विभिन्न प्रजातिका १०१ वटा फूलको विरुवा रोपिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।
फूलकाे विरुवाहरु लेडिज ग्रुपले आफै व्यवस्थापन गरेका थिए भने अन्य विरुवाहरू मधेश प्रदेश वन डिभिजन कार्यालयका अधिकृत सुरेश शर्माले उपलब्ध गराइदिएका थिए । फूल रोप्ने कार्यक्रममा जानकी मन्दिरका सहायक महन्थ रोशन दास, अभियानी युवा, सुरक्षाकर्मीलगायतले पनि सहभागिता जनाएका थिए ।
जानकी मन्दिरको फूलबारी क्षेत्रमा तरकारी खेती गरिएको पाइएपछि सर्वसाधारणले मन्दिरका महन्थको आलोचना गरेका थिए ।




