
महोत्तरी- बर्दिवास रेडक्रस सोसाइटी उपशाखाले अबिरल बर्षाको कारण पुरै घर भत्कीएर यो झरीमा बिपदमा परेका परिबारलाई सहयोग गरेको छ।

अबिरल वर्षाको कारण वर्दिवास ३ गौरीडाडा -कालीकोटे टोल स्थित चन्द्र कामीको घर भत्केर क्षतिग्रस्त भएको छ। घर भत्किदा निजकि श्रीमती ४५ वार्षिय गंगा भुजेललाई सामान्य चोट पटक समेत लागेको छ।
पीडित परिवारजनको खाने खाधान्न,भाडाकुडा, ओढने ओछ्याउने पुर्ण रुपमा भत्किएको घर भित्र परि नास भएको छ।
हाल छिमेकि किस्न कालीकोटेको घरमा आश्रय लिइ बसेको थाहा पाएर बर्दिवास रेड क्रस टिमले अवलोकन गरी सहयोग गरेका हुन् ।

पीडित परिवारजनलाई नेरेसो बर्दीबास उप शाखाका पदाधीकारी संगै होटल ब्यबसायी बिनोद थापा (खुकुरी होटल बर्दीबास) ले २० किलो चामल,खाने तेल १ लि.,नुन २ किलो,दाल ३ किलो उपलब्ध गराइएको छ।