
महोत्तरी- गौशाला नगरपालिकामा आन्दोलनरत कर्मचारी बारे समाचार संकलनको क्रममा द पब्लिक टुडेका पत्रकार विजयकुमार सिंहलाई धर्ना स्थलमा कर्मचारीले गरेको दुर्व्यवहारको घटनामा संलग्न कर्मचारीलाई कारबाहीको लागि नेपाल प्रेस युनियन महोत्तरी शाखाले माग गरेको छ।
प्रेस युनियन महोत्तरीका सचिव नविन कुमार चौधरीले एक विज्ञप्ती जारी गर्दै २०८० साउन ३२ गते गौशाला नगरपालिकामा आन्दोलनरत कर्मचारी बारे समाचार संकलनको क्रममा द पब्लिक टुडेका पत्रकार विजयकुमार सिंहलाई धर्ना स्थलमा कर्मचारीले दुर्व्यवहार गरेको घटनाप्रति हाम्रो ध्यान आकर्षण भएको जनाउँदै कारबाहीको माग गरेको छ।
विज्ञप्तीमा उल्लेख छ, "समाचार संकलनमा अबरोध गरी दुर्व्यवहार गर्ने गौशाला नगरपालिकाको प्राविधिक शाखामा कार्यारत अभिषेकानन्द सिंह, शिक्षा शाखा संयोजक वीरबहादुर बलम्पाकी लगायताका कर्मचारीलाई तत्काल कारवाहिको माग गर्दछौ । दुर्व्यवहार गर्ने कर्मचारीलाई कारवाहि नभए नेपाल प्रेस युनियन महोतरी थप संघर्षका कार्याक्रम गर्न बाध्य हुनेछ ।"
