
जनकपुर - गोपाल सेवा समितिको केन्द्रीय कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बजरंग यादवलाई तोकेको छ ।
गोपाल सेवा समिति केन्द्रीय कार्य समितिको सोमबार जनकपुरधाममा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
गोपाल सेवा समितिका केन्द्रीय अध्यक्ष कौशल कुमार यादव विशेष कारणबस देश बाहिर रहेकाले उनको अनुपस्थितिमा मर्यादाक्रम अनुसार वरिष्ठ उपाध्यक्ष यादवलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।
गोपाल सेवा समिति केन्द्रीय कार्यालयले कृष्णाजन्माष्टमी भव्य रुपमा मनाउँदै आएको छ । यस वर्ष पनि कृष्णाजन्माष्टमी भव्य रुपमा मनाउने तयारी स्वरुप समितिले कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेर अगाडि बढेको छ ।
सर्लाहीमा सम्पन्न समितिको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका बजरंग यादवलाई सर्वसम्मत कार्यबाहक अध्यक्षको जिम्मेवारी तोक्दै संगठनलाई सुदृढ र सब्बल बनाउँदै लैजाने जिम्मेवारी दिएको हो ।
बैठकमा उपाध्यक्षहरु भरथरी यादव, रामायण यादव, उपेन्द्र यादव, श्यामनारायण यादव, महिला उपाध्यक्ष सुधिरा यादव, महासचिव शशिरंजन यादव, उपमहासचिव आशा कुमारी यादव, कोषाध्यक्ष जगदिश यादव, केन्द्रीय सदस्य रामकृष्ण (सचिन) यादव, चन्द्रमोहन यादव, सोभितलाल यादव, तारकेश्वर यादव, मातृका प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।