
भैरहवा- गुल्मी सडक खण्ड को पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नं २ जोर्ते मा गुडिराखेको गाडी माथि पहिरो खस्दा तीन जना को घटनास्थल मै मृत्तु भएको छ भने चालक सहित आठ जना घाइते भएका छन्।
गुल्मी को तम्घास वाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नं को स्कारपियो गाडी मा सडक माथि वाट ढुङ्गा सहित को पहिरो वुधवार विहान लगभग ८ः१५ मा खसेको जनाइएको छ।

घटना को जानकारी प्राप्त हुनसाथ प्रहरी टोली गई उद्दार गरेको र घटनास्थल मै तीन जना को मृत्तु भएको र आठ जना चालक सहित घाईते भएको र घाईते हरु को लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा मा उपचार भइराखेको जिल्ला प्रहरी कार्यालय पाल्पा ले जनाएको छ।
दुर्घटना मा मृत्तु हुने हरु मा पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं ११ करुङ्खोला मा घर भई हाल जिल्ला प्रहरी कार्यालय गुल्मी मा कार्यरत प्रहरी सहायक हवल्दार यम बहादुर बोहरा, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका -७ भुजेलखर्क की मनकला चुदारा र कास्की जिल्ला पोखरा उप-महानगरपालिका -२४ हेम्जा का विनोद तिमील्सिना रहेको प्रहरी ले जनाएको छ।