
काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले नवौं विकेट गुमाएको छ ।
नवौं विकेटका रुपमा कुशल मल्ल ६ रन बनाउँदै आउट भए । उनले एक छक्का पनि हिर्काए । उनलाई सदाब खानले इफ्तिखार अहमदद्वारा क्याच गराएका हुन् ।
नेपालले २३.२ ओभरमा नौ विकेट गुमाएर एक सय चार रन बनाएको छ ।