
नेपाल वुमन्स टी-२० विश्वकप एसिया छनोटको सेमिफाइलनमा पुगेको छ ।
मलेसियामा भएको खेलमा कतारलाई हराउँदै नेपाल एसिया छनोटको सेमिफाइनलमा पुगेको हो भने ग्लोबल क्वालिफायर्सको नजिकै पनि पुगेको छ । फाइनलमा पुगेमा नेपालले ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछ ।
कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाए । नेपालले समूह विजेताको लक्ष्यसहित बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ ।
त्यसअघि युकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो ।
कतारका लागि साची डादवालले सर्वाधिक २१ रन रन जोडिन् । नेपालका लागि किफायती बलिङ समेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए ।
सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन् ।