
भैरहवा- रुपन्देही को तिलोत्तमा नगरपालिका ले नगर भित्र संचालन मा रहेका सम्पुर्ण सहकारी संस्था हरु लाई अत्यन्तै जरुरी भन्दै शाखा कार्यालय संचालन र व्याज दर सम्वन्धि दुई छुट्टा छुट्टै सुचना जारी गरेको छ। तिलोत्तमा नगरपालिका का नगर प्रमुख रामकृष्ण खाण ले सुचना जारी गर्दै नगरपालिका को निर्देशन पालना नगरे जरिवाना तथा कार्वाही गरिने वताएका छन्।
व्याजदर सम्वन्धि सुचना मा सहकारी ऐन २०७४ को दफा ५१ वमोजिम व्याजदर निर्धारण समिती ले गरेको सिफारिस मा सहकारी संस्था हरु ले अधिकतम ऋण मा १६% व्याजदर तोकिएको र सबै सहकारी संस्था हरु लाई ऋण प्रवाह गर्दा सो सिमा नवढ्ने गरि ऋण प्रवाह गर्न निर्देशन दिइएको छ। साथै वचत तथा ऋण को व्याजदर अन्तर ६% कायम रहेको र सेवा शुल्क व्यक्तिगत मा १% र सामुहिक जमानी मा १ ।५% सेवा शुल्क मात्र लिन पाउने निर्देशन वमोजिम काम गर्न र नगरेको पाइएमा सहकारी ऐन २०७४अनुसार जरिवाना गरिने जनाइएको छ।
शाखा कार्यालय सम्वन्धि जारी गरिएको सुचना मा सहकारी संस्था हरु ले नगरपालिका को अनुमति वेगर आफु खुशी निर्णय गरि शाखा कार्यालय खोली कारोवार गरेको पाइएको र अव उप्रान्त शाखा कार्यालय विस्तार गर्दा नगरपालिका वाट अनिवार्य अनुमति लिई मात्र विस्तार गर्न भनिएको छ । निर्देशन पालना गरेको नपाइएमा नियमानुसार कार्वाही गरिने सुचना मा जनाइएको छ।