
भाषा विचार विनिमयको सशक्त माध्यम हो । एउटा भाषा बन्न हजारौं वर्ष लाग्ने भाषाविद्हरुको भनाई छ ।
नेपाली भाषाकै विकास हुन पनि हजारौं वर्ष लागेको थियो । विक्रमको ११ औं शताब्दी अर्थात १०३८ देखी नेपाली भाषा आजको दिन सम्म आइपुग्दा यसले १०४२ वर्ष सम्मको इतिहास समेटेको छ ।
नेपालमा नेपाली भाषाको अतिरिक्त राष्ट्रिय जनगणना २०७८ ले १ सय २४ वटा भाषा पहिचान गरेको छ । ती मध्ये २३ वटा भाषाहरु नाजुक अवस्थामा छन् । यी भाषा बोल्नेको संख्या १ हजार भन्दा कम रहेको छ । हजार भन्दा कम वक्ता हुनु भनेको भाषा लोपोन्मुखको अवस्थामा पुग्नु हो ।
नेपालमा पछिल्लो समय नेपाली भाषा पनि संकटमा परेको छ , यसो हुनुमा विदेशी भाषा विशेषगरी अंग्रेजी भाषा प्रतिको मोह नै हो । फर्रर अंगजी भाषा बोल्न जान्ने मात्रै शिक्षित र सम्पन्न भन्ने हाम्रो कमजोर मानसिकताले नेपाली भाषा संकटोपन्न अवस्थाबाट गुर्जीरहेको छ ।
आफनो मातृभाषा र नेपाली भाषा बोल्दा हेपिन्छ , भन्ने सोचले अरुको भाषा नजानेर, टुटेफुटेका अंग्रेजी छाट्ने गर्छन् । एउटा भाषा लोप हुनु भनेको त्यस भाषाको मृत्यू हुनु हो । भाषाको मृत्यू हुंदा उक्त भाषा संगै एउटा जाति समुदायको संस्कार, संस्कृति र उनीहरुको पहिचान समेतको मृत्यू हुन्छ । त्यसैले नेपाली भाषाको संरक्षण र संबर्द्धन गर्नु हामी सबैको कर्तव्य हो । नेपाली भाषा बहुसंख्यक नेपालीको सम्पर्क भाषा तथा सरकारी कामकाजको भाषा समेत हो । नेपाली भाषालाई सजिलै त छनि , जसले पनि सकिहाल्छ नि भनेर हलुका रुपमा लिंदा पनि भाषामा संकट देखिएको हो ।
अझ कतिपय सामुदायिक सरकारी विद्यालयहरुले पनि संस्थागत विद्यालय संग प्रतिस्पर्धा गर्ने बहानामा जबरजस्ती अंग्रेजी माध्यम बाट पढाउनु पर्ने बाध्यताले पनि नेपाली भाषा संकटको स्थितिमा रहेको छ । आफ्न्तकै हालीमुहाली भएको सामुदायिक विद्यालयमा कुनै पनि विषय पढाउन आएन भने नेपाली विषय नै पढाउन लगाउदा पनि नेपाली भाषाको मर्म र भाव अनुसार शिक्षण हुन नसक्दा पनि क्रमश नेपाली भाषा लोपोउन्मुख अवस्थामा पुग्दै छ ।
सबै नेपालीको सिंगो पहिचान र राष्ट्रियता संग जोडिएको नेपाली भाषा बचाउनको लागि विभिन्न समयमा विभिन्न अभियानहरु चलेका छन् । ती मध्ये हलन्त वहिष्कार आन्दोलन विसं १९६५ , झर्रोवादी आन्दोलन २०१३ र नेपाली भाषा बचाउँ अभियान २०७२ चर्चित छन् । समय समयमा यस्ता आन्दोलन तथा अभियानहरुले सम्बन्धीत निकायलाई झक्झक्याउने काम गरेपनि नेपाली भाषालाई अन्य भाषाहरुले थिचिरहेकै अवस्था छ ।
तसर्थ बहुभाषिक देश नेपालका तीनै तहका सरकारले नेपाली भाषाका अतिरिक्त नेपालमा बोलिने सबै भाषालाई संरक्षणको नीति बनाएर त्यही अनुसार कार्यक्रम गरी संरक्षण गर्न सके भविष्यमा यस्ता धेरै भाषाह? लोप हुन बाट जोगिन सक्छन्।