नेपालमा माओवादी जनयुद्धलाई केन्द्रमा राखेर लेखिएको सुधिर शर्माको पुस्तक, “प्रयोगशाला” मा मधेस आन्दोलनबारे पनि भित्री रुपमा चर्चा गरिएको छ ।
मधेस आन्दोलनका पात्र र तिनका राजनीतिक यात्राबारे समेत तथ्यगत रुपमा दस्तावेजीकरण गरेको छ । प्रयोगशालाले उल्लेख गरेका ऐतिहासिक घटनाहरुका बीच एउटा पात्र हुन उपेन्द्र यादव, जो अहिले जनता समाजवादी पार्टीका अध्यक्ष हुन् ।
उपेन्द्र यादव नाम गरेको व्यक्तिले नेपाली राज्यप्रति मधेसमा थुप्रिएको असंतुष्टि पश्चात देखिएको जनबिद्रोहको आडमा आफ्नो नेता बन्ने चाहना पुर्ती गरे त्यसबारे समिक्षा गर्न खोजिएको छ ।
यस दस्तावेजमा प्रयोग गरिएका राजनीतिक घटनाक्रमसँग सम्बन्धित तथ्यहरु प्रयोगशालाबाट साभार गरिएको छ ।
‘एक मधेश एक प्रदेश’को वकालतकर्ता थिए मातृका यादव । प्रचण्डले नै मातृका को प्रस्ताव नमानेपछि मातृकाले पार्टी नितिप्रति असन्तुष्टि जनाउँदै २०६० माघ ११ मा मधेसी जनसरकारको प्रमुख चुनिनासाथ राजिनामा दिएका थिए ।
उता एमालेसँग असन्तुष्ट भई विराटनगरमा प्रध्यापन थालेका उपेन्द्र यादव पछि माओवादी नेताहरुका नजिक पुगेका थिए । जब थारुवान पनि मधेस भित्रै हुनुपर्ने विवाद माओवादीमा चर्कियो , त्यसबारे प्रचण्डसँग छलफल गर्न उपेन्द्रलाई लिएर मातृका २०६० माघमा पटनाबाट दिल्ली पुगेका थिए ।
त्यहीबेला सुरेश आलेमगरको सेल्टरमा मातृका र उपेन्द्र समातिए । पछि माओवादीबारे उपेन्द्रले सुराकी गरेको भनि असमझदारी पैदा भएको थियो । त्यहीभएर होला माओवादीले सुरु गरेको सफाया आदेश फिर्ता नलिइसकेकोले दोस्रो जनआन्दोलनपछि काठमाण्डौ आए पनि उपेन्द्र यादव लुकीछुपछी हिँडथे । तर त्यतीन्जेल उनले मधेसी जनअधिकार फोरम नामक एनजिओ लाई राजनीतिक दलमा दर्ता गराइसकेका थिए । उक्त अभियानमा उनलाई काँगे्रस त्यागेर तेजिलो दिमागको नेताका रुपमा परिचित जयप्रकाश गुप्ताले खुब सघाएका थिए ।
२०६३ माघ १ गते अन्तरिम संबिधानमा संघियता शब्द नराखेको कारण माइतिघर मण्डलामा मधेशीहरुले संबिधान जलाउन पुग्दा तत्कालिन सरकारले २९ जनालाई गिरफतार गर्यो । तीनै मध्येका एकपात्र थिए उपेन्द्र यादव । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले उपेन्द्र सहित २८ जनालाई पक्रेर सार्वजनिक अपराध र राजद्रोह समेतको मुद्दा चलाउन लगाएका थिए ।
काठमाण्डौमा २९ जना मधेसीलाई गिरफ्तार गरेको कारण मधेश तात्यो । मधेश बन्दको दौरान माओवादीले चितवनमा रष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेका थिए । त्यसका भाग लिन केन्द्रिय सदस्य राम कार्की नेतृत्वको टोली माघ पाँचमा पूर्वतिरबाट आउँदै थियो र त्यो काफिलालाई बन्दकर्ताले लहानमा रोके । अनि त्यहाँ प्रहरी र बन्दकर्ता बीच भएको झडपमा प्रहरीको गोली लागि रमेश महतो नामका स्थानीय युवा मारिए ।
मातृका यादवले मृतकको शव खोसेर परिवारलाई दबाब दिई संस्कार गराए । हिंदु समाजमा शब खोसेर लैजानुलाई खराब मानिन्छ । कम्युनिस्ट मातृकाले शब खोस्यो भनि हिंदु समाजको मनमा माओवादीको रबैयाले आक्रोशित बनायो र मधेश आन्दोलनले अझ बढि बेग लियो ।
२०६३ चैत ७ मा रौतहटको गौरमा माओवादी र फोरम दुबैले एकै ठाउँमा भेला राखेका थिए । दुबै शत्रु । फोरम कार्यकर्ताले माओवादीको मंच भत्काइदिए । आक्रोशित माओवादी पनि जाइलाग्यो । त्यहीभेला छेउछाउको घरबाट रहस्यमय तरिकाबाट गोली चल्यो । पाँच माओवादी कार्यकर्ता घटनास्थल मै मारिए । २२ जनालाई लेखिटी लेखिटी बीभत्स तरिकाले मारियो । २९ जना मारिए र ३५ जनाभन्दा बढी घाइते भए । गौर घटनाका कागजहरु बेलाबेलामा केही मानव अधिकारकर्मीहरुले कहिले धुलिखेल त कहिले रौतहट नै पुगेर खोली रहेका हुन्छन् ।
गौर घटना पश्चात उपेन्द्र यादवमा ठूलो भय उत्पन्न भएको थियो । घटनाले दिने प्रतिक्रिया कस्तो होला भनि चिन्तामा उपेन्द्र काठमाण्डौमा बिभिन्न शक्तिकेन्द्रहरु चहार्दै हिँड्ने गर्थो । त्यहीबेला सेनाका ब्रिगेडियर दिलीपजंग रायमाझी र उपेन्द्र बिच पहिलो भेट भयो गौरिघाटमा पूर्वन्यायधीश परमानन्द झा को घरमा ।
रायमाझीले प्रस्ताव राखे, ‘तपाईँ हामीसंगै जाने हो ?’ रायमाझी दरबार निकट जर्नेल थिए । उनि मुलुकमा राजतन्त्र रह्नुपर्ने मान्यता राख्थे । राजनीतिक रुपमा एक्लिएका उपेन्द्रले रायमाझीलाई सकारात्मक जवाव दिए । अनि ज्ञानेन्द्र र उपेन्द्रको प्रत्यक्ष भेटघाटको जोहो जर्नेल रायमाझीले नै गरेका थिए ।
लाजिम्पाटको एम्बासडर होटलछेउ राजाको एडीसी बिनोव बस्न्यातको गाडीमा बसेर उपेन्द्र खुसुक्क नरायणहिटी पुगे । त्यहाँ ज्ञानेन्द्र र उपेन्द्र बिच ४० मिनेट वार्तालाप भयो । राजापछि उपेन्द्रको अर्को भेट सेनापति रुकमाङगत कटुवाल सँग भयो । देशको प्रमुख दुई शक्तिकेन्द्रसँग पहुँच भएपछि उपेन्द्र बल्ल उत्साहित महसुस गरे । त्यो यस्तोबेला थियो की उपेन्द्र शक्ति आर्जन नगरि संबिधानसभा चुनावमा जाने पक्षमा थिएनन् ।
ज्ञानेन्द्र त झन त्यसलाई भाँडनै चाहन्थे । २०६५ साल तिरको घटना हो । प्रयोगशालामा लेखिएको छ की सरकार-मधेसी दलको औपचारिक वार्ताको बेला उपेन्द्रले संबिधानसभा निर्वाचन २०६५ जेठ १५ सम्म सार्नुपर्ने नयाँ माग तेर्साएपछि वार्ता लम्बियो ।
उपेन्द्र वार्ता गरिहाल्ने की केहीदिन पर्खिने भन्ने दोधारमा थिए । सिमराबाट काठमाण्डौ आउनसाथ उनले राजा ज्ञानेन्द्र निकट व्यवसायी प्रभाकरशमशेर राणा र सूर्यबहादुर थापालाई भेटेका थिए । यी तथ्यहरुलाई हेर्दा त उपेन्द्र ज्ञानेन्द्रको अघोषित प्यादा बनिसकेका थिए ।
फेरि पनि मसिहा?
प्रयोगशाला पुस्तकले दस्तावेजीकरण गरेको तथ्यहरुका आधारमा समिक्षा गर्दा उपेन्द्र यादव एउटा रक्षात्मक व्यक्ति हुन भनि प्रस्ट हुन्छ । आफ्नो सुरक्षाका लागि ज्ञानेन्द्रसँग हातेमालो गर्न सम्मको नौबतमा पुगेका उपेन्द्र आजसम्म मधेस आन्दोलनलाई भजाउँदै आएका छन् ।
पहिलो संबिधानसभाको निर्वाचनको बेला सुनसरीका जनतालाई कहिलेसम्म कोइरालाहरु लाई जिताएर गुलाम बनिराख्ने हो भनि उतेजक र घृणाको भाषा प्रयोग गर्दै निर्वाचन जितेका थिए ।
मधेसमा जातिय विश्लेषण गरी बिहारको लालुप्रसाद यादवले बनाएको ःथ् (मुसलमान-यादव) फर्मुला प्रयोग गरी सत्तामा रमाइ रह्ने नेताका रुपमा आफ्नो परिचय बनाउँदै आएका छन् ।
बिगत पन्ध्र वर्षमा उपेन्द्रका साथ छोड्नेहरु कि त उनलाई अहंकारी या जातीवादको उत्कृष्ट पात्रको रुपमा कठोर आरोप लगाउँदै हिँडीरहेका छन् ।
यता लगभग मधेस प्रदेशमा सिमित भएको उपेन्द्र यादव उही कोइराला, देउवा, ओली जस्तालाई आउँदो चुनावमा केही सिटसंख्या माग्दै हिँडीरहेका छन् । माओवादीसँग जानी दुश्मनी झेल्दै आएका उपेन्द्रलाई वर्तमान राजनीतिमा “प्रचण्डको आदमी” भनेर समेत भनिन्छ । क्रमशः..