महेन्द्रनगर । धनुषाको महेन्द्रनगर नजिकै रहेको सतलाेक आश्रमले ऐलानी जग्गा हड्पेकाे भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका व्यक्ति बिच विवाद भएर भएको झडपमा परि दुबै तर्फ गरी एक दर्जन व्यक्ति घाइते भएका छन् ।
धनुषाकाे मिथिला नगरपालिका २ नक्टाझिज सुग्जाेरमा रहेका सतलाेक आश्रमले अनाधिकृत रुपमा ऐलानी जग्गा हड्पेकाे विषयमा स्थानीय सँग विवाद भएकाे हुँदै आएको छ।

जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका व्यक्ति बीच विवाद हुँदा स्थानीयहरुले अहिले जनकपुर ढल्केवर सडक खण्डकाे महेनद्रनगर औरही पुलमा सडक अवरुद्व गर्दै नारावाजी गरिरहेकाे छ । आश्रमका अनुयायीहरुले स्थानीयहरुलाई लखेट्दै कुटपिट गरेपछि स्थानीयहरुको समूह एकजुट भई आएर दुई तर्फ झडप भएको हो ।

घाइतेहरुलाई स्थानिय प्रशासनको सहयोगमा उपचारको लागि जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको छ।







