
बर्दिवास- ठेक्केदार कम्पनी र सडक आयोजना विचको हानाथापले विद्यालय आवतजावत गर्ने सडक नै बन्द भएको छ ।
सिन्धुली- बर्दिवास सडक खण्ड अन्तर्गत बर्दिवासमा सडक विस्तार गर्ने क्रममा पहिले आवतजावत गर्ने ठाउँमा पर्खाल लगाएपछी सडक नै बन्द भएको हो ।
सडक बन्द भएपछी देउराली उच्च माध्यामिक विद्यालयमा अध्यणरत छात्र-छात्राहरु मात्र हैन व्यवसाय समेत बन्द हुने स्थितिमा पुगेका छन ।
सडक बिस्तार गर्न पर्खाल लगाएको २ महिना वितिसक्दा पनि सडक बिभाग, ठेक्केदार कम्पनी र बिधुत कार्यालयविचको असमझदारीका कारण साखा सडक अवरुद्ध भएको हो ।

एकले अर्कोलाई दोष थोपार्ने र कामवाट पन्छिन खोजेको देखिन्छ ।´ उधोग ब्यवसाय संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले भने ।
वास्तवम मै साना नानिहरुका लागी मात्र खतरा हैन आवतजावत अवरुद्ध वनेपछी व्यापार, व्यवसायमा समेत समस्या सिर्जना बनिरहेको छ ।´
कयौ पटक सडक बिभाग र स्थानिय सरकारलाई समेत अनुरोध गरेको वताउदै अध्यक्ष खडकाले वालवालिकाहरुको असहजता र व्यापार, व्यवसायको संवेदनशीलता बुझिदिन आग्रह गरेका छन ।
ठेक्केदार कम्पनी सैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनले अहिले बर्दिवास-सिन्धुली सडक खण्ड अन्तर्गत २.५ किलोमीटर सडक चौडा वनाउने काम गरिरहेको छ ।
६ करोड ३० लाख ५४ हजार २ सय ८९ मा वन्दै गरेको सडक ठेक्केदार कम्पनीलाई एक बर्ष भित्र सक्ने गरि १० माघ, २०७९ मा सम्झौता भएको थियो ।
१० माघ २०८० भित्र सक्नै पर्ने समयसिमाअनुसार ठेक्केदार कम्पनिले अहिले तिव्ररुपमा कामलाई अगाडी बढाएको छ ।
पर्खाल लगाएर आवतजावत गर्न अवरुद्ध भएको भनिएको ठाउँमा ढलको कारणले काम अगाडी बढन नसकेको सडक आयोजनाका इन्जिनियर रमेश आचार्य वताउछन ।
साखा सडकको ढल वनाउने हाम्रो मापदण्डमा छैन ।´ आचार्यले भने ।
स्थानिय सरकारले ढल वनाईदिए तत्काल उक्त असहजता सावधान हुन्छ ।´

स्थानिय सरकारले पनि अवरुद्ध सडकमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले यस्को लागी ठेक्केदार कम्पनी, सडक बिभाग र बिधुत कार्यालयसँग कुरा भईरहेको वताए ।
बिधुत कार्यालयका प्रमुख प्रविन कुमार मिश्रले पनि अव्यवस्थित बिजुलीको पोल हटाउने बिषयमा गृहकार्य भईरहेको वताएका छन ।
सम्पुर्ण फाईल केन्द्र पठाईसकिएको वताउदै स्वीकृत हुनासाथ टेन्डर आवहान गरेर काम अगाडि बढाईले प्रमुख मिश्रको भनाई छ ।
केन्द्र पठाएको फाईल अन्तिम चरणमा छ ।´ मिश्रले भने ।
स्वीकृत हुनासाथ टेन्डर आवहान समेत सडक विभागले गर्नेछ।´
तर प्रक्रियागत झनटिलोको कारण सडक चौडा गर्न तल उठाईएको पर्खालका कारण आवतजावतमा कष्टकर अवस्था सिर्जना बन्दै गएको छ ।