महोत्तरी- बर्दिवासमा न्यायका लागि नागरिक संजालको चौमासिक बैठक बिहिवार सम्पन्न भएको छ।
इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द ,लहान–६ सिरहा द्वारा संचालित न्यायमा पहुँच सवलिकरण परियोजना अन्तर्गत द्वन्द्व पिडित सम्वन्धी कार्यविधि , तथ्यांक संङकलन र अस्थाई परिचय पत्र दिने तयारी सम्बन्धमा नगरपालिका संग समन्वय गर्ने न्यायका लागि नागरिक संजाल समितिका अध्यक्ष दिपा लामाले बताईन ।
सामुदायिक अंक पत्रको विधिबाट सेवाग्राही तथा सेवा प्रदायक विचको अन्तर संवादका आधारमा निर्माण भएको बर्दिवास नगर स्तरीय संयुक्त कार्य योजना २०८०÷०८१ बुन्दागत आधारमा छलफल गरिने र पालिका कै सहकार्यमा द्वन्द्व पिडितलाई दैनिकी जिवनयापनमा सहयोग पुग्नेगरी कार्य गरिने समितिद्वारा बैठकमा निर्णय पारित भएको बताईएको छ । बैठकमा न्यायमा पहुँच सवलिकरण कार्यक्रम आन्तरगत द्वन्द्व प्रभाबित क्यान्सर पिडित बर्दिवास नगरपालिका वडा नम्बर ६ का राकेश मंडललाई उपचारकालागी दश हजार नगद प्रदान गरीएको थियो।
उक्त कार्यक्रममा सहजीकरण समग्र जन उत्थान केन्द्र बर्दिवासकी प्रतिनिधि, आरती बुढाथोकी ईन्सेक महोत्तरीकीकी प्रतिनिधि ममता बिश्वकर्मा परियोजना व्यपस्थापक रामकृपाल साह, टिपीओ नेपालकी मनोविमर्शकर्ता रिमु चौधरीले गरेका थिए । बैठक न्यायका लागि नागरिक संजालकी अध्यक्ष दिपा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।